नासाले पूर्वी तरार्इमा बाँड्यो ६३० कम्बल

न्यूयोर्क । गत महिना पूर्वी तराईका शीतलहर पीडितहरूलार्इ नासाले ६३० वटा कम्बल बितरण गरेको जनाएको छ ।

गत महिना अाएको शीत लहरका बेला अमेरिकाका दक्षिण पूर्व १५ वटा राज्यहरुमा नेपालीहरुको प्रतिनिधित्व गर्ने साझा संस्था नासाले शीतलहर पीडितहरुलाई कम्बल वितरण गरेका हुन् ।

प्रभावित जिल्ला रौतहटबाट सुरु भएको न्यानो कम्बल वितरण गर्ने कार्यक्रम पर्सा,सुनसरी हुँदै पूर्व झापाका ६३० जना अशक्त, असहाय ,अपाङ्ग र बृद्ध घर परिवारमा वितरण गरिएको जानकारी नासाका सांस्कृतिक फाँटका प्रमुख बिशाल भारतीले बताए ।

दैनिक जसो शीतलहरले बालबालिका र बृद्ध व्यक्तिहरु प्रभावित भएपछि नाशाले सुरुमा १०० वटा कम्बल बाढ्ने उद्धेश्यको साथ अभियान संचालन गरेको थियो । तर, सबै नेपालीको सहयोगले २ हप्तामा नै ६३० वटा कम्बल बाढ्न सफल भएको भारतीले बताए ।

नासाले गत महिना मात्रै पप सम्राट ओम बिक्रम बिस्टको उपाचारको लागि रु २ लाख ६० हजार प्रदान गरेको थियो ।

यसअघि पनि नासा सांस्कृतिक फाँटका प्रमुख भारती कै पहलमा कलाकार दिपक छेत्रीलाई उपचारको निम्ति पहिलो फेसबुक फन्ड रेजिंग कार्यक्रम गरी २ लाख सहयोग गरेका थिए ।

त्यस्तै गरेर पूर्वी नेपालमा बाढीले ब्यापक क्षति पु¥याउँदा १ हजार १३ घर परिवारलाई ७ लाख बराबरको राहत र ७ जना मृतकका परिवारलाई ५ हजारको दरले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार