म्यानचेष्टर सिटीले जित्यो काराबाओ कपको उपाधि

काठमाडौं । आर्सनललाई हराउँदै म्यानचेष्टर सिटीले काराबाओ कप फुटबलको उपाधि जितेको छ । यो सिटीको प्रशिक्षकको रुपमा पेप ग्वार्डिओलाको पहिलो ट्रफी हो ।

आइतबार राति भएको खेलमा म्यानचेष्टर सिटीले आर्सनललाई ३–० गोल अन्तरले हराएको हो ।

वेम्बलीमा भएको खेलमा सिटीले १८ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो ।

बाँकी दुई गोल भने दोस्रो हाफमा भयो । ५८ औं मिनेटमा कोम्पोनीले गोल गरे भने ७ मिनेटपछि नै डेभिड सिल्भाले गोल गर्दै म्यानचेष्टर सिटीको जित सुनिश्चित गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार