उहिलेका डाक्टर भगवान, अहिलेका हाइटेक !

काठमाडौं । छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. एमके पिया आफ्नो पालाका चर्चित डाक्टरमध्ये एक मानिन्छन् । कम औषधि प्रयोग गरेर विरामीको राम्रो जाँच गर्ने डाक्टरहरुको सुचीमा पिया अग्रपंक्तिमा पर्छन् । उनको मान्यता छ, विरामीलाई कम औषधिमै पनि राम्रो उपचार गर्न सकिन्छ ।

डा. पिया चिकित्सा क्षेत्रमा लागेको झण्डै चार दशक भयो । चार दशकमध्ये उनले करिब ३२ वर्ष त छातीसम्बन्धी रोगको उपचारमै बिताए । यस क्रममा उनले नेपालीहरुको स्वास्थ्यमा भएको उथलपुथल नजिकबाटै नियाल्ने राम्रो अवसर पाए ।

सन् १९७५ मा डा. पियाले जब शान्तभवनबाट काम सुरु गरे, त्यसबेला दम निकै कम हुने गर्थ्यो नेपालीहरुमा । हृदयाघातका विरामी खासै देखिँदैनथे ।

डा. पियालाई अहिलेको भन्दा उहिलेको खानपान र रहनसहन राम्रो लाग्छ ।

सन् १९८३/८४ तिर हृदयाघातका विरामी एक दिन बिराएर अस्पतालमा पुग्न थाले । दमका बिरामीहरु दिनहुँजसो अस्पताल पुग्न थाले । वि.सं ०४६ सालमा नेपालमा प्रजातन्त्र आएसँगै सबै कुरा अनियन्त्रित भयो । पेट्रोल, गाडी, खाद्यान्न लगायतका सबै कुरामा प्रजातन्त्र आयो । देशमा आएको प्रजातन्त्रसँगै पछिल्ला १० वर्षमा मानव स्वास्थ्य दिनहुँ घातक बन्दै गएको डा. पियाको अनुभव छ ।

आहा ! त्योबेलाको काठमाडौं !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार