विष्णु खत्रीको ‘रिनै रिनको’ (भिडियो)

सोलुखुम्बु – विष्णु खत्री लोक तथा दोहोरी गायनमा स्थापित नाम हो । पाकापुस्ता देखि कान्छा पुस्तासम्मका मन मस्तिष्कमा बसेका खत्रीले यो बर्ष पनि चाडपर्व विशेष दोहोरी गीत बजारमा ल्याएका छन् ।

दशैँ ब्राण्ड जस्तै बनिसकेका खत्रीको सृजना सुन्न तथा हेर्न स्रोता तथा दर्शक बर्षेनी आतुर रहन्छन् । चाहे ‘सुनको जलप’ होस् या ‘दशैँ तिहार संगै मनाउला’ होस् । भर्खर बजारमा आएको ‘रिनै रिनको’ होस् वा अघिल्लो बर्ष बजारमा ल्याएको ‘यो दशैँमा आउ प्यारा’ होस् । सम्पुर्ण गीतले आम नेपालीको मन जितेको छ ।

‘दशैँ तिहार आउदा’, ‘कति रुनी हो’, ‘दशैँमा रुन नपार’, ‘जहाजको टिकट’लगायतका दर्जन बढि दशैँतिहार विशेष गीत बजारमा ल्याएका गायक तथा सर्जक खत्रीले ‘रिनै रिनको’बोलको मर्मस्पर्शी दोहोरी गीत डिजिटल बजारमा ल्याएका छन् ।

कोरोनाको प्रभावलाई समाबेश गरिएको दशैँ विशेष गीतमा गायक खत्रीलाई गायिका पुर्णकला विसीले स्वरमा साथ दिएकी छिन् । खत्रीकै सृजनामा तयार भएको गीतलाई दर्शक तथा स्रोताले मन पराएका छन् ।

कपिल लामाको भिडियो निर्देशन रहेको भिडियोमा ओवि रायमाझी र सारिका केसीले जिवन्त अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार