दिपकराजले छोरीलाई अपार्टमेन्ट गिफ्ट दिने

हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमीको कन्यादान त गरिसकेका छन् । साथै उनले छोरी-ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् ।

नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग मौसमीको शनिबार परम्परागत रिति-रिवाज अनुसार विहे भएको हो । पुरानो वानेश्वरस्थित ‘बाजेको सेकुवा’ मा वैवाहिक समारोह सम्पन्न भएको थियो । विवाहमा दिपकले निकटका साथीभाईहरुलाई मात्र डाकेका थिए ।

मौसमी र सुशीलबीच तीन वर्ष पुरानो प्रेम विवाहमा परिणत भएको हो । उनीहरु अध्ययनका लागि भारतमा रहँदा प्रेममा परेका थिए । ‘जात नमिल्ने’ भन्दै दिपककी श्रीमती र बुवाआमा यो विवाहको विपक्षमा रहेको बताइएको छ । सुशीलको परिवार ब्राम्हण हुन् भने मौसमीको परिवार सन्न्यासी हुन् । तर, दिपकले भने ‘अहिलेको जमानामा जातभातको कुरा गर्नु ठिक नहुने’ छोरीको पक्षमा उभिएपछि विवाह सम्भव भयो ।

दिपककी छोरी मौसमी अहिले नर्सिङ अध्यापन गरिरहेकी छिन् । उनले बाबुले निर्माण गरेको फिल्म छक्का-पञ्जा २ मा छोटो भूमिकामा अभिनयसमेत गरेकी थिइन् । सुशील भने पढाईकै क्रममा छन् । उनी हाल एमबीए अध्ययनरत रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार