सत्यराजलाई ‘साढे ७’ !

गायक भर्सेज अभिनेता सत्यराज आचार्यको निर्माण र अभिनय रहेको फिल्म ‘साढे ७’ अहिले सिनेमाघरहरुमा प्रदर्शनरत छ । उनी यही फिल्मको रनाहामा छन् । डेढ करोड लगानी रहेको भनिएको फिल्मले सोचेजस्तो व्यापार गरिरहेको छैन ।

फिल्मको ट्रेलरले राम्रै प्रशंसा पाएको थियो । तर, त्यसबमोजिम फिल्म नचल्नुको कारण के होला ?

‘फिल्म हामीले अली गलत समयमा चलाएछौं,’ सत्यराजले भने ।

‘किन ?’

‘भर्खरै पद्मावत, कृ, कान्छी जस्ता फिल्महरुले धेरै दर्शकहरु ताने । अब ती दर्शकहरु केही समयको ग्यापपछि मात्रै सिनेमा हलमा आउँछन् । अहिले दर्शकहरु फिल्म हेरेर थाकेको बेला परेछ,’ उनले ब्याख्या गरे ।

फिल्मको पब्लिसिटी पनि कमजोरी भएको हो कि भन्ने प्रश्नमा पब्लिसिटीमा मात्रै आफूहरुले ३० लाख खर्च गरेको जानकारी उनले दिए ।

‘पब्लिसिटीमा हामीले कुनै कसर बाँकी राखेका थिएनौं,’ उनले भने, ‘धेरै दिनदेखि मल्टिप्लेक्सहरुमा ट्रेलर छोडेका थियौ । थुप्रै ठाउँमा होर्डिङ बोर्डहरु राखेका छौं । मिडियाहरुमा भरमार विज्ञापन दिएका छौं । यहाँभन्दा के गर्ने ?’

हुन त मल्टिप्लेक्सहरुमा फिल्मको व्यापार सन्तोषजनक नै रहेको सत्यराज बताउँछन् । सिंगल थिएटरमा चाहिँ कस्तो छ ?

‘त्यहाँ पनि ठिकै छ,’ उनले भने । यद्यपि, हलहरुबाट भएको कलेक्सनको रिपोर्ट आइनसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार